केन्द्रिय सुरक्षा समितिसँग गृहमन्त्रीको छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रिय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोईरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको समेत बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही द्वीपक्षिय सुरक्षाका विषयमा पनि छलफल भएको बताए ।

सह सचिव कोईरालाले बैठकमा सुरक्षाको बिस्तृतिकरणको विषयमा पनि छलफल भएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्