वीरगञ्जमा ४८ वर्षिय एक पुरुषको शव फेला

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । वीरगञ्जमा ४८ वर्षिय एक पुरुषको शव फेला परेको छ ।बिहीबार अपरान्ह मियाको शव

भारत कलकत्ता घर भई वीरगञ्ज–३ मुख्तार मियाको शव फेला परेको हो । जिल्ला प्रहरीईलाका पर्साका अनुसार बिहिबार अपरान्हमा मियाको शव नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज–२३ इटिहायीस्थित कुलोमा फेला परेको हो । कुलोमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए ।

स्थानीयले पहिचान गर्न नसकेपछि प्रहरीले घटनास्थलको निरीक्षण गरी मुचुल्का गरेर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो । पछि मात्रै उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । ई–रिक्सा चलाउनु अघि उनी छाला उद्योगमा मजदुरी गर्थे । उनी बुधबार ६ बजेदेखि नै ई–रिक्सा सहित हराएका थिए ।

टाउकोमा चोट लागेको र घटनास्थल वरपर रगतको टाटा देखिएकाले कर्तव्य गरी मारेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । प्रहरी नायब उपरीक्षक खनालले पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए । ‘शव भेटिएको स्थानको वरपर घर छैन, एकदमै एकान्त स्थान छ,’ उनले भने ‘टाउकोमा चोट लागेको र घटनास्थल वरपर रगतको टाटा देखिएको छ । कर्तव्य गरेर पनि मारेको पनि हुन सक्छ ।’ घटनाबारे थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्