ए डिभिजन लिगको आठौँ चरणको खेल आजबाट सुरु हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौं चरणका खेल हुँदै छन् । बिहीबार आठौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सहभागि सबै जसो क्लबका प्रशिक्षकले सुखद नतिजा निकाल्दै सम्मान जनक स्थानका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।

शुक्रबारबाट त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आठौं चरणका खेल हुँदै छन् । दिनको पहिलो खेल अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदा सहिद स्मार ए डिभिजन लिगमा आठौं चरणका खेल आरम्भ हुनेछन् । नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ । यस्तै मातृशोकमा परेका प्रशिक्षक मेघराज केसीको टोली सातदोबाटो अघिल्ला खेलमा भोगेको नतिजालाई सुधार गर्न चाहन्छ । र अंक जोड्न नै लक्ष्यका साथ सातदोबाटो मैदान उत्रिनेछ । दिनको दोस्रो खेल विभागीय फुटबल क्लब एपिएफले जावलाखेल युथ क्लबसँग स्पष्ट अंकका लागि खेल्ने छ । सोही रणनीति जावलाखेलपनि रहनेछ । जारी सिजनको खेलमा शीर्षता कायमै गर्दैं उपाधि होडलाई कायम राख्न मच्छिन्द्रले तालिकाको पुछारमा रहेको फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । त्यसैले प्रशिक्षक प्रवेश कटुवालले उपाधि रक्षा गर्ने लक्ष्य भएकाले रेलिगेशनबाट बच्न संघर्ष गरिहेको टोलीविरुद्ध स्वभाविक खेल खेल्दै तीन अंकका लागि खेल्ने बताए ।

उता पुरानो क्लब न्यूरोड टिम एनआरटीले आठौं चरणको खेलमा विभागीय फुटबल क्लब त्रिभुवन आर्मीविरुद्ध खेल्दै छ । मध्ययम प्रदर्शन गरेको आर्मीविरुद्ध एनआरटीले अंक बाँड्ने लयलाई भंग गर्न चाहन्छ । अघिल्ला खेलमा लिएको अग्रतालाई कायम गर्न नसक्दा केही खेलमा अंक बाँडेको एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले तालिकामा वरियाता सुधार गर्नका लागि भएपनि जितका लागि आफ्नो टोली मैदान उत्रिने बताए ।

यस अघि नै उपाधि होड कठिन भएको बताएको आर्मी पनि एनआटीसँग अंक खोस्ने रणनीतिका साथ मैदान उत्रिनेछ । प्रशिक्षक राजु तामाङले शीर्ष तीन भित्र अटाउनका लागि भए पनि जित्नै पर्ने दबाब भएकाले तीन अंकका लागि खेल्ने बताए । लिग अन्तर्गत दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी फुटबल क्लबले शनिबार च्यासल युथ क्लबलाई घरेलु मैदान पोखरा रंगशालामा आतिथ्यता गर्दै छ । मनाङको जारी लिगमा काठमाडौं बाहिर भएको तेस्रो लिग खेल हुनेछ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्