पुस २५ गते बस्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पुस २५ गते बस्ने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार कार्यालयका कर्मचारीहरु र केही केन्द्रीय सदस्यहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएकाले बैठक स्थगित गरिएको बताए । आगामी केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने भनिएको थियो । काठमाडौंमा यही पुस १० गतेदेखि १७ गतेसम्म चलेको आठौं महाधिवेशन अपुरो केन्द्रीय समिति चयन गर्दै सकिएको थियो ।

त्यसलगत्तै बसेको पहिलो केन्द्रीय समितिको बैठकले अध्यक्षमा प्रचण्डलाई नै चयन गरेको थियो । पदाधिकारीमा बाँकी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी नै छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्