दरबार क्षेत्रको मल्लकालीन शिलालेख तोडफोडको आरोपमा एक महिला पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । हनुमान ढोका दरबार क्षेत्रमा रहेको मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी दिलबहादुर मल्लका अनुसार शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्न जानकारी दिए । उनको बिहिबार राति नै बयान लिएको र उनले शिलालेख तोडफोड स्वीकार गरेकी छन् ।

पुस १५ गते राति हनुमान ढोकाको गणेश मन्दिर अगाडि रहेको शिलालेख तोडफोड भएको थियो । प्रहरीले त्यहाँ रहेको सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरेर ती महिलालाई पक्राउ गरेको जनसेवाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्