सहकारीलाई परेको समस्याको समाधान ब्याजदर बढाएर समाधान हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीलाई परेको समस्याको समाधान ब्याजदर बढाएर समाधान नहुने बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले व्याजदर बढाउने बिषय सहकारीको नीति बिपरित रहेको भन्दै ब्याजदर बढाएर समाधान नहुने बताएका हुन् । मन्त्री श्रेष्ठले सहकारीबाट जनता ठगिने देखिएकोले त्यसलाई रोकिने स्पष्ट पारे ।उनले सहकारीको परिचालनसम्बन्धी भिजन पेपर बनाउन लगाएको भन्दै हचुवाको भरमा सहकारी नीति नवनाइने स्पष्ट पारे ।

केहि सहकारीको बेईमानीका कारण यस क्षेत्रप्रति जनताको विश्वास घट्दै गएकाले नियतमा खरावी भए कारवाही र नीतिगत समस्या भए समाधान गर्न आफु तयार रहेको उहाले बताए । मन्त्री श्रेष्ठले संस्थाको फाइदा भन्दा पनि जनताको आवश्यकताका आधारमा परिचालित हुनुपर्ने धारणा राखे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्