थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै विभिन्न स्थानबाट संकलन गरिएको ११४६ नमूना स्क्रिनिङ्ग गर्दा २५० नमूनामा एस जिन नेगेटिभ भेटिएको र एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो ।

ओमिक्रोनको कारण अस्पतालमा हुन सक्ने बिरामीको चापलाई मध्यनजर गर्दै तयारीमा अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन समेत दिएको छ । अक्सिजन लगायत स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न र स्वास्थ्यकर्मीहरुलाई समेत तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन छ । ओमिक्रोनका कारण कोरोनाको संक्रमित अत्यधिक बढ्न सक्ने भन्दै नागरिकलाई पनि सजग हुन विज्ञप्तीमार्फत मन्त्रालयले आग्रह गरेको छ।

नेपालमा यसअघि ३ जनामा ओमिक्रोन संक्रमण देखिएको थियो । कोरोना संक्रमण भने दैनिक पाँच सयको हाराहारीमा पुष्टि भैरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्