कर्मचारीकै योजनामा लुटियो एनआईसी एशिया बैंक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैंकमा कर्मचारीको मिलेमतोमा चोरी भएको छ । बैंककै कर्मचारीको योजना अनुसार १६ लाख रुपैयाँ लुटिएको हो ।

घटनामा संलग्न एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोकगढी नगरपालिका–६ साँगाचोक घर भएका २४ वर्षीय विमल तामाङ, रामेछाप घर भएका शक्तिराज पौडेल र रामेछापकै २७ वर्षीय अनीश खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका १० नम्बर वडा कार्यालय र शान्तिनगरस्थित मेटलाइफ इन्स्योरेन्सबाट उठाएको रकम मीनभवन स्थित देउराली क्लवसँगैको युनिग्लोव कलेज अगाडीबाट सो रकम लुटिएको प्रहरीले जनाएको छ । घटना गत पुष १८ गतेको भएपनि बैंक लुटिएको घटनाबारे तथ्य भने घटनामा संलग्नहरु पक्राउ परेपछि मात्र बाहिरिएको हो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले काँडाघारी बस्ने प्रदीप खत्रीलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा सो लुटको पोल खुलेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्