कोभिड–१९ संकट व्यवस्थापन नियन्त्रण र रोकथामका बिषयमा सीसीएमसीले गर्यो छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यसको नियन्त्रण र रोकथामका बिषयमा छलफल तीव्र पारेको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकमा छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण दर बढिरहेकाले यसको नियन्त्रणका बिषयमा छलफल भएको हो । बैठकमा कोरोना संक्रमण फैलन सक्ने क्षेत्रलाई बन्द गर्ने बिषयमा पनि छलफल भएको बताइएको छ । कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले बिद्यालयको हिउँदे बिदा थप गर्ने तयारी सीसीएमसीले गरेको छ ।

नेपालमा ओमिक्रोन संक्रमितको संख्या बढ्पछि यसको रोकथामको चूनौति बढेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्