सामाजिक सुरक्षा ऐन पूर्ण कार्यान्वयनको माग गर्दै बुझाए सेक्यूरिटी मजदुर संघले श्रम विभागमा ज्ञापन पत्र

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण कार्यान्वयनको माग गर्दै अखिल नेपाल सेक्यूरिटी मजदुर संघले श्रम विभागमा ज्ञापन पत्र बुझाएको छ । सेक्यूरिटी कम्पनीहरुले मजदुरहरुको सेवा सुविधामा ध्यान नदिएको भनि आन्दोलनरत अखिल नेपाल सेक्यूरिटी मजदुर संघले आइतबार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा श्रम ऐन र योगदानमा आधारित सुरक्षा ऐन २०४२ को पूर्ण कार्यान्वयन गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको हो ।

संघले श्रम ऐन र सामाजिक सुरक्षा ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गराउनु भनि सर्वोच्च अदालतले २०७७ साल पुष २२ गते दिएको अन्तरिम आदेश कार्यान्वय गराउन माग गरेको छ । साथै अवैधानिक रुपले चलेका कम्पनीहरुलाई बन्द गर्नुपर्ने, अधिकार सम्पन्न मजदुर आयोग गठन गर्नुपर्ने, श्रम क्षेत्रमा सार्वजनिक खरिद ऐन पूर्ण रुपमा बन्द गर्नुपर्ने लगायतको माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।  साथै देशैभरिमा श्रम कार्यालयहरुलाई श्रमिकमैंत्री गराइनुपर्ने, राज्यका नीति, नियम नमान्ने सेक्यूरिटी कम्पनीहरुलाई बन्द गर्नुपर्ने र मजदुरहरुले राज्यले तोके अनुसारको सेवा सुविधा पाउनुपर्ने माग राखिएको अखिल नेपाल सेक्यूरिटी मजदुर संघका अध्यक्ष लक्ष्मीप्रसाद ढकालले बताए ।

ज्ञापन पत्रसहित श्रम विभाग पुगेका मजदुरहरुले नाराबाजी समेत गरेका थिए । संघको ज्ञापन पत्र बुझ्दै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले ज्ञापन पत्रमा उल्लेखित मागलाई विभागले सकारात्मक रुपमा लिएको बताए । उनले विभाग कानूनको कार्यान्वयनको निम्ति प्रतिवद्ध रहेको पनि बताए । छोटो समयमा कानूनहरु बदलिइरहेका कारण यसको कार्यान्वयनमा समस्या देखा परेको उनले उल्लेख गरे । महानिर्देशक आचार्यले मजदुरहरुलाई स्वदेशमै काम गर्ने उचित प्रबन्ध मिलाइ विदेश जानेहरुको संख्यालाई कम गर्नुपर्ने धारणा राखे । नेपालमै सम्मानजनक कामको वातावरण बनाउन विभागले ध्यान केन्द्रीत गर्ने उनको भनाई छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्