आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०९/२६ देखि २०७८/०९/२८)

Ad
  • कालोपाटी सम्बाददाता

हाल कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश नं २ र प्रदेश नं १ मा सामान्य बदली रहि बाँकी प्रदेशहरुमा आन्शिक बदली रहेको छ।साथै सुदूर पश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष २६ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २७ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ।

२०७८ पौष २७ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ मा आन्शिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्