बालिकाको हत्या आरोपमा एक महिला पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रहरीले झारफुकको नाममा बालिकाको हत्या आरोपमा एक महिलालाई प्रक्राउ गरेको छ । काठमाडौंको नार्गाजुन नगरपालीका वडा नंवर १ मा आफुलाई माता बताउने उमा शाही ठकुरीले झारफुक केन्द्रमा झारफुक गर्ने क्रममा सिन्धुपाल्चोक चौतारा घर भएर हाल भक्तपुर ठिमी बस्ने बर्ष १४ की एक बालिकाको हत्या गरिएको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाठौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले शनिबार मनमोहन अस्पतालमा बालिकालाई उपचारका लागि ल्याइएको र मृत्यु भएपछि प्रहरी पुग्दा जिउभरी घाउदेखिएपछि अनुसन्धान गरिएको जानकारी दिए । झारफुक गर्दा घाउ भएको खुलेपछि थप अनुसन्धान गर्दा झारफुक गर्ने महिलालाई पक्राउ गरिएको उनले बताए । उनले झारफुक जस्तो अन्धविश्वासका कारण एक बालिकाको मृत्यु हुन गएको भन्दै सचेत रहन आग्रह गरे ।

बालिकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्