प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।

टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै समूह ‘ए’ अन्तर्गत विजयी सुरुआत गरेको हो । १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १४ दशमलब ४ ओभरमा अलआउट हुदै मात्र ५३ रन जोड्न सक्यो । यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय १६ रन जोड्यो ।

प्रतियोगिता अन्तर्गत अर्को खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलब ४ ओभरमा ६५ रन बनाउदै अलआउट भयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १४ रन जोड्यो ।

त्यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेशलाई २ रनले पराजित गर्यो । मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो ।

त्यस्तै अर्को खेलमा नेपाल एपीएफ क्लबले प्रदेश नं २ लाई २४ रनले पराजित गर्दै एपीएफले विजयी सुरुआत गर्यो । १ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल १ सय ३९ रन जोड्न सक्यो । यस अघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्