‘कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरुको दोष रहेको छ’ : वरिष्ठ चिकित्सक डा.दिक्षित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षितले नेपालमा कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षातकारमा उहाले दलहरुले महाधिवेशन गर्दा संक्रमण फैलिएको बताए । डा. दिक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि धेरै राजनीतिक दलहरुलाई महाधिवेशन गर्न दिएकोले कोरोना संक्रमण फैलिएको बताए । आफूले सबै पार्टीलाई विधान परिवर्तन गरेर थोरै समयमा महाधिवेशनको काम सक्न सल्लाह दिएपनि कार्यान्वयन नगरेको उनले बताए । लकडाउन समस्याको समाधान नभएको भन्दै उनले भाइरसलाई लकडाउनले केही नगर्ने तर्क गरे ।

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले कोरोना भाइरसको संक्रमित बिरामीको चाप बढेको बताए । संक्रमणको संख्या बढ्दै जाँदा तयारीलाई सरकारले तिव्रता दिएको उनले बताए । भाइरसविज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको बताए ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको मध्ये पनि कति प्रतिशत एन्टीबडी उत्पादन भयो त्यो कसैलाई थाहा नभएको भन्दै उहाले खोप लगाएकाहरु पनि सचेत हुनपर्ने धारणा राखे ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्