सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको अध्यक्ष ओलीको आरोप

Ad
  • कालोपाटी सम्बाददाता

सङ्खुवासभा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागिरहेको बताए । सोमबार संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा बोल्दै उनल सरकार निर्वाचनबाट डराईरहेको र लुटमारमा लागि परेको दावी समेत गरे । अध्यक्ष ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पु¥याउने खोजको तर्क तर्क गरे । उनले ‘समृद्ध नेपाल  सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न आगामी निर्वाचनमा एमालेलाई साथ दिन पनि सबैलाई अपिल गरे ।

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पनि आह्वान गरे । दक्षिणपन्थीहरुको सेवामा समर्पित सो पार्टीमा गएकाहरुलाई नअलमलिईकन एमालेमा आउनुपर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले एमालेमात्रै मुलुकको परिवर्तन चाहने बामपन्थी पार्टी भएको पनि दोहोयाए ।

अध्यक्ष ओलीले विकास र समृद्धिको अभियानलाई तीव्रता दिएपछि देशीविदेशी प्रतिक्रियावादीहरुले आफू नेतृत्वको सरकार हटाएको पनि बताए । कार्यक्रममा बोल्दै नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेलाई आगामी निर्वाचनमा नेपाली जनताले एकल बहुमत दिने दावी गरे ।

अन्य दलहरुले गठबन्धन गरेर आएपनि आगामी निर्वाचनमा एमालेलाई हराउन नसक्ने उनको दावि थियो ।  कार्यक्रममा काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर आएका जिल्ला तहका नेताहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्