२४ घण्टामा भारतमा साढे २ लाख कोरोना संक्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित पुष्टि भएको छ । यो सँगै हालसम्म भारतमा कोभिड संक्रमितको संख्या कुल तीन करोड ७३ लाख ८० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३८५ जना पुगेको छ ।

कोभिड १९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या एक दिनमा ६.०२ प्रतिशतले वृद्धि भएको छ । भारतीय समाचार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा ४६६ जना ओमिक्रोन भेरियन्टका संक्रमित थपिएसँगै यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार २०९ पुगेको छ ।

भारतमा तेस्रो लहरसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ रहेको छ भने निको हुने दर ९४.२७ छ । साथै, दैनिक संक्रमण दर १९.६५ प्रतिशत रहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्