सरकार गठन भएको ६ महिनापछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको हो ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ तर पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवाले सरकार गठनको ६ महिनासम्म पनि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् ।

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी भएता पनि सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । एक दुई दिनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्