स्थानीय तहको निर्वाचन वैशाखमै सम्पन्न गर्न सत्तारुढ पाँच दलनै भए सहमत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो । संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमती भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा निर्वाचन आयोगसँग लगातार छलफल भईरहेको जानकारी दिनु भएको थियो । निर्वाचन आयोगले सरकारलाई बैशाख भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाबारे जानकारी गराउँदै बैशाख १४ गते एकै चरणमा र दुई चरणमा भए बैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गराउनुपर्ने मिति समेत प्रस्ताव गरिसकेको छ ।

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरुबीचको उम्मेदवारको विजय कसरी सुनिश्चित गराउने भन्ने विषयमा पनि समितिमा छलफल गरिएको थियो । गठबन्धन दलहरुबीचको उम्मेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा विजयी सुनिश्चित गराउने भन्ने विषयमा पनि बैठकमा छलफल गरिएको मन्त्री कार्कीले बताए । राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर उम्मेदवारी दिएका छन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्