बुधबार पनि मधेस प्रदेशमा सार्वजनिक बिदा हुने

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुरधाम । मधेश प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेशको राजधानी र नाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिने भएको हो ।  बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले २०६३ साल माघ ५ गतेबाट सार्वजनिक बिदा दिंदै आएको छ ।

यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्