एक महिने जमलबाट सहिदगेटसम्मको सरसफाई अभियान समापन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पुस ४ गतेदेखि सञ्चालन गरिएको एक महिने जमलबाट सहिदगेटसम्मको सरसफाई अभियान समापन भएको छ ।

विभिन्न ३३ वटा संघ संस्था मिलेर सञ्चालन गरिएको काठमाडौको जमलबाट सहिदगेटसम्मको सरसफाई अभियान मंगलबार समापन भएको हो । जमल सहिदगेट क्षेत्र काठमाडौको मुटु भएकोले जमल सहिदगेट सफा भए नेपालका सबै ठाउँ सफा हुने भन्दै यस क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेको सरसफाई अभियान्ता राजमान मानवले बताए । फोहोर गर्नेलाई सरकारले कडाई नगरेको भन्दै फोहोर गर्नेलाई न्यूनतम दण्ड जरिवाना गर्ने व्यवस्था गर्न उनले सरकारसँग आग्रह समेत गरे

दक्षिण एसिया क्षेत्र सबै भन्दा बढी फोहोर भएको क्षेत्र भएकाले यस क्षेत्रको सरसफाईका कार्यक्रम अघि बढाएको उनको भनाई छ । त्यस्तै कोरोना संक्रमण जोखिमका कारण विदेश जान नमिलेकाले अहिले नेपालमै सरसफाईलाई केन्द्रित गरिएको जानकारी दिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्