गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहको आक्रमण

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेका छन् । लुटेरा समूहको आक्रमणबाट बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक असई मनोज पोखरेल घाइते भएका छन् ।

गएराति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए । धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार लुटेरा प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्