‘मधेश प्रदेशले पहिचान स्थापित भएको भन्दै अधिकार प्राप्तीको ढोका खुल्ला भयो’ : नेता महतो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले मधेश प्रदेशले पहिचान स्थापित भएको भन्दै अधिकार प्राप्तीको ढोका खुल्ला भएको बताए ।

प्रदेश नंवर २ को नाम मधेश प्रदेश भएपछि राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान नेपालले मंगलबार काठमाडौंमा गरेको बधाई कार्यक्रममा महतोले प्रदेशको पहिचान नभएसम्म अधिकार पाउन नसकिने अवस्थाको अन्त्य भएको बताउनुभएको हो । अधिकार, पहिचान र बहुलराज्य मान्यतालाई स्थापीत गराउने आफुहरुको अभियान सफलतातर्फ अघि बढेको उनले बताए । महत्तोले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको नारा लगाएपनि अधिकांश प्रदेशले पहिचान पाउन नसकेको जिकिर गरे ।

त्यस्तै उहाले मधेशी जनताले यसअघि उठाउदै आएका अन्य मुद्धाहरुलाइ पनि स्थापीत गर्न निरन्तर खवरदारी गरिने धारणा राखे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्