संशोधनले तल्लो तहमा काम गर्ने प्रहरीलाई उत्प्रेरणा र नैतिकबल थप्न नेपाल प्रहरीले दिए प्रतिक्रिया

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल प्रहरी नियमावलीमा भएको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिकबल थप्ने नेपाल प्रहरीले प्रतिक्रिया दिएको छ ।

मंगलबार पत्रकारहरुसँगको अन्तक्र्रियामा बोल्दै प्रहरी वरिष्ठ उपनिरीक्षक तथा प्रवक्ता विष्णु कुमार केसीले पछिल्लो प्रहरी नियमावली संशोधन गरेर थप गरिएको तीन पदले २० वर्ष देखि एउटै पदमा बसेर काम गर्ने प्रहरीमा उत्प्रेरणा जगाउने बताएका हृन् । उनले नियमावली संशोधन तल्लो तहका प्रहरीको हितको लागि भएको बताए । उनले प्रहरीमा थप गरिएका तीन पदले वृद्धि विकासको अवसर सबैले सम्मान रुपमा पाउने अवस्था आउने बताए । प्रहरीमा लामो समयसम्म पदोन्नती नभएर एउटै दर्जामा बस्नु पर्ने अवस्थालाई यो संसोधनले हटाएको प्रवक्ता केसीले बताए । उनले पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनु साथै काम गर्ने प्रहरीको मनोवल उच्च बनाउने बताए ।

वरिष्ठ उपनिरीक्षक केसीले प्रहरीमा भएको पद थपले पद बढुवाको प्रतिस्पर्धालाई समेत सहज बनाउने बताए । सरकारले नेपाल प्रहरीको प्रहरी नियमावली संशोधन गर्दै तीन वटा पदहरु प्रहरी वरिष्ठ नायव निरीक्षक वरिष्ठ सई , सहायक हवल्दार र वरिष्ठ हवल्दारको पद थप गरेको थियो । उक्त संशोधन प्रहरी नियमावली सरकारले सोमबार राजपत्रमा समेत प्रकाशित गरेको छ । यसरी थप भएको पदका लागि कुनै नयाँ दरबन्दी श्रृजना नहुने भएकोले धेरै आर्थिक भार सरकारलाई पर्न नसक्ने नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

यस्तै यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायब उपरिक्षक सम्मका अधिकृत र जुनियर अधिकृतलाई अवकाश हुनुभन्दा एक महिनाअघि स्वत बढुवा दिने व्यवस्था थियो । सरकारले नियमावलि संसोधन गरेर ८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एकतह पदोन्नति गरेर अवकाश दिने ब्यबस्था गरेको छ । यसअघि १२ वर्षसम्म प्रहरी नायव निरीक्षक (सई) दर्जामा काम गरेपछि मात्र प्रहरी निरिक्षक र प्रहरी निरिक्षकमा पनि १२ वर्ष काम गरेपछि प्रहरी नायब उपरिक्षकमा पदोन्नति भएर अवकाश पाउने व्यवस्था थियो । यस व्यवस्था हटाएर ८ वर्ष कायम गरिएको छ । अब प्रहरी निरिक्षकमा ८ वर्ष जागिर भएपछि अवकाशमा जाने प्रहरी अधिकृतहरु स्वतः बढुवा भएर प्रहरी नायब उपरिक्षक हुनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्