सार्वजनिक ठाउँमा मास्क लगाएको नलगाएको बारे अनुगमन सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सार्वजनिक ठाउँमा हिँडडुल गर्दा वा सार्वजनिक गाडीमा यात्रा गर्दा तथा व्यवसाय सञ्चालन गर्दा मास्क लगाएको नलगाएको बारे अनुगमन सुरु भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले काठमाडौंका माछापोखरी, गंगबु, लगाएतका क्षेत्रमा अनुगमन गरेको हो । बुधबार अधिकांशले मास्क लगाइएको पाइएको र मास्कको प्रयोग नगर्नेलाई सम्झाईबुझाई छाडिएको अनुगमन टोलीले जनाएको छ । बिभिन्न स्थानमा सार्वजनिक सवारीमा यात्रा गर्नेलाई अनिर्वाय रुपमा मास्क लगाउन र सीमित संख्यामा मात्र यात्रु राख्न भनिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिनुभयो । त्यस्तै व्यापार व्यवसाय गर्दा भौतिक दूरी कायम गर्न, भीडभाड नगर्न र मास्कको प्रयोग गर्नका लागि सुझाव दिएको उनले बताए । कोरोना नियन्त्रणका लागि निरन्तररुपमा अनुगमन गरिने भन्दै उहाले सरकारले तोकेको मापदण्ड पुरा गर्न आग्रह गरे ।

त्यस्तै महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले अनुगमनका क्रममा मास्क नलगाउने केहिलाई सम्झाई बुझाई गरेको र कोरोना प्रति जनता सचेत रहेको पाइएको जानकारी दिए । सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिभिन्न आदेश जारी गरेको छ । प्रशासनले धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् भने आमसभा, जुलुस, सभा, भेलालगायत गतिविधि पनि निषेध गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्