‘सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ गर्ने छैन’ : अर्थमन्त्री शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताएका छन् ।

बुधबार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताएका हुन् । उनले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मेहनत गरेको बताए । मन्त्री शर्माले खेलाडीले मेहनत गरे अनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार गरे । उनले े खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण भएको पनि बताए । उनले सरकारले खेलाडीको सेवा सुविधा बढाउने विषयमा पहल गर्ने पनि बताए ।

अर्थमन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढ्दै गएको बताए । उनले क्रिकेटमा आकर्षण बढे अनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्