सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक आज अपरान्ह ४ बजे बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको छ ।चुनावको मिति तय गर्नेबारे छलफल गर्न आज बैठक बस्न लागेको हो । दुई दिनअगाडि राजनीतिक समन्वय समितिको बैठकमा समयमै स्थानीय तह निर्वाचन गर्नेबारे सहमति भएको थियो। संयोजक रामचन्द्र पौडेलसहित सत्तागठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू बैठकमा सहभागी हुने भएका छन् ।

स्थानीय तह वा संघीय कुन चुनाव वैशाखमा गर्ने भन्ने निर्णय भइसकेको छैन । सत्तागठबन्धनले गठन गरेको समन्वय समितिमा पाँच दलका दुई र दुई जना गरी १० र एक मन्त्रीसहित ११ सदस्य छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बस्ने गरेका छन्। निर्वाचन आयोगले वैशाखमा स्थानीय तह निर्वाचन गर्न सिफारिस गरेको छ। तर सरकारले अहिलेसम्म मिति घोषणा गरेको छैन।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्