मूल्यवृद्धि फिर्ता गर भन्दै विद्यार्थीहरुले गरे बिरोध प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गदै विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा बिरोध प्रदर्शन गरेका छन् । ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । क्याम्पस परिसरबाट सडकमा निस्किएका उनीहरुलाई प्रहरीले रोकेको छ ।

बुधबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको हो । अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ भने यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्