स्वास्थ्य मापदण्ड पालना नभएमा परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना नभएको खण्डमा केही साता परीक्षा स्थगित गर्ने प्रक्रिया अगाडि बढाउन मुख्यसचिव बैरागीलाई  निर्देशन दिएका छन्।  स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने अनुगमन गर्न पनि  उनले निर्देशन दिएका हुन्  ।

त्रिविले सञ्चालन गरेका परीक्षामा  केन्द्रमा सामाजिक दूरी कायम गरी विद्यार्थी राखे वा नराखेको तथा सेनिटाइजर लगायतका सामग्री व्यवस्था भए वा नभएकोलगायत त्रिविका परीक्षा केन्द्रहरूमा आज अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् । ‘प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो ; परीक्षा चलेका कलेजमा आज अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही साता परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको छ,’ ।

प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत् सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भएरनभएको अनुगमन गर्न भनेका छन्। उनको सचिवालयले का अनुसार परीक्षा केन्द्र, हलको अनुगमनपछि यसबारे सिसीएमसी बैठकबाट थप निर्णय गर्ने पनि प्रधानमन्त्री देउवाले बताएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्