यातायात व्यवस्था कार्यालय इलामद्वारा तीन करोड राजस्व सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

इलाम । यातायात व्यवस्था कार्यालय इलामले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु दुई करोड ९९ लाख ७५ हजार ९५१ राजस्व सङ्कलन गरेको हो ।

चालक अनुमतिपत्र ९ड्राइभिङ लाइसन्स० का लागि गएको कात्तिक २७ गतेबाट अनलाइन पारम सुरु भएको हो । त्यसयता बढी राजस्व सङ्कलन सुरु भएको कार्यालयले जनाएको छ । सवारीसाधन करतर्फ रु दुई करोड ४३ लाख ३८ हजार २०१ सङ्कलन भएको कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।

त्यस्तै प्रशासनिक दण्डजरिवानातर्फ रु १० हजार सङ्कलन भएको छ । यातायात क्षेत्रको आम्दानी, रुट पर्मिटबाट रु ६ लाख ३२ हजार ५० सङ्कलन भएको छ । चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु ४९ लाख ९५ लाख ७०० सङ्कलन गरेको कार्यालयका लेखा प्रमुख प्रदीप नेपालले जानकारी दिए । उनका अनुसार कार्यालयले सवारी दर्ता किताब, नवीकरणलगायत समेत राजस्व सङ्कलन भएको छ ।

यातायातसम्बन्धी सम्पूर्ण सेवा सुरु भएसँगै राजस्व सङ्कलन बढ्ने जनाइएको छ । चालक अनुमतिपत्र वितरणसँगै दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा लिइएको बताइएको छ । इलामबाट नै चालक अनुमतिपत्र वितरण सुरु भएपछि अब बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिएको कार्यालयका लेखा प्रमुख नेपालले बताए । उनका अनुसार कार्यालयमा चालक अनुमतिपत्रका लागि इलामसहित झापा, पाँचथर, ताप्लेजुङलगायतबाट समेत सेवाग्राही आउन थालेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्