काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोर बिजोर लागू

Lockdown Dhangadhi
Ad
  • कालोपाटी सम्बाददाता

कोरोना संक्रमण रोक्न भन्दै  काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तिनै जिल्लाका  प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेका हुन्  ।

अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन हुने छन्  । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।

स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको हो  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्