स्थगित समन्वय समितिको बैठक आज बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

संघीय चुनावको बिषयलाई लिएर शीर्ष नेताहरुबीच  सहमति नहुदा विहीबार बोलाइएको समन्वय समितिको स्थगित बैठक आज बस्ने भएको छ  ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजेका लागि बैठक बोलाईएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संघीय चुनाव अगाडि गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

विहीबार साँझ प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच यसै बिषयलाइ लिएर भेटवार्ता समेत भएको थियो । सोही भेटवार्तापछि समन्वय समितिको बैठक अपरान्ह ४ बजे बोलाइएको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्