आज ३ बजे राष्ट्रका नाममा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

देउवा गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि उनले छ महिनाको अवधिमा राष्ट्रका नाममा पहिलो पलट सम्बोधन गर्न लागेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी , जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए ।

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा आफ्नो सरकारले गरेका कामकारबाहीबारे पनि जानकारी गराउने भएका छन् । आज अपरान्ह ४ बजे चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा बस्दैछ । उक्त बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्