भोली बस्ने माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले माघ ८ गते  भोली हुने केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।

कोरोना महामारी, स्वास्थ्य मापदण्डको पालना र सरकारद्वारा जारी निर्देशनलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्म केन्द्रीय समितिको बैठक स्थगित गरेको हो । यसअघि पुस २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमित भएपछि रोकिएको थियो ।

केन्द्रीय कमिटीको बैठक स्थगित गरेर पछि पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुलाई बैठकमा माघ आठ गते भोली बोलाएको छ । बैठक भोली बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाडा कोटेश्वरमा बस्नेछ । ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्