भन्सार एजेन्टको लिखित परिक्षा पुन: स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । विभागले एक सूचना जारी गर्दै कोभिड(१९ संक्रमणका कारण परीक्षा स्थगित गरिएको जनाएको छ ।

२०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रहरूको लागि दरखास्त आवेदन माग गरेको थियो । त्यसपछि २०७८ जेठमा तोकिएको परिक्षा पनि कोरोनाका कारण स्थगित भएको थियो । यस पटक भने आगामी माघ २९ गते परिक्षा गर्ने तयारी विभागको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्