शुक्रबार नबिल बैंकका १७ शाखा बन्द रहने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नबिल बैंक लिमिटेडका १७ शाखा बन्द रहने भएका छन् । बैंकले एक सूचना जारी गर्दै आज माघ ७ गते कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गरेर  विभिन्न शाखा बन्द  भएको हो ।

प्रदेश नम्बर १ मा बिराटनगर , हिले, उर्लाबारी , महेन्द्र चोकको शाखा बन्द रहने छ भने बागमती प्रदेशमा बलाजु , भैसेँपाटी , ग्वार्को , जोरपाटी , गोठाटार , कलंकी , नारायणगढ, दरबार मार्ग , न्युरोड , गठघर , पनौती महारजगंजको शाखा बन्द रहने छ । त्यस्तै गण्डकी प्रदेशमा गैँडाकोट शाखा बन्द रहने जनाएको हो । बैंकका अन्य शाखा भने खुला नै रहनेछन् ।

यस्तै अन्य शाखाहरुले भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिनेछन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्