८३ करोड भन्दा बढि कमायो एभरेष्ट बैंकले नाफा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । बैंकको यो नाफा गत वर्षको भन्दा १२.७९ले थोरै हो । गत वर्ष यसले ९६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद ब्याज आम्दानी १२.५०५ ले बढेको र सञ्चालन नाफा भने १२.७४५ ले घटेको जनाएको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड रुपैयाँ छ । यो गत वर्षको भन्दा २६४.२८५ धेरै हो । साथै बैंकको निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः ३.१२५ र ११.७२५ ले बढेको छ ।

प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८३ पैसाले घटेर १७ रुपैयाँ ८ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने २२१ रुपैयाँ ११ पैसा रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्