गुणस्तरहीन मह उत्पादन गर्ने एकजना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गर्ने एक उद्योगमा छापा मार्दै एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाले गुणस्तरहीन मह उत्पादन भइरहेको सूचनाका आधारमा काठमाडौंको ज्याठा स्थीत नजिता प्याकेजिङमा छापा मार्दै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त गुणस्तरहीन ६०० केजी र ६ हजार ५०० केजी कच्चा पदार्थ र नक्कली मह बरामद गरेको छ । त्यस्तै नक्कली मह बनाउन प्रयोग हुने ग्लुकोज चीनी, लेवलेङ मेसिन लगाएतका सामाग्री पनि बरामद गरिएको महाशाखका प्रवक्ता एसपी कृष्ण कोईरालाले जानकारी दिए । अनुसन्धानमा श्रेष्ठले विगत ७ वर्षदेखि आफ्नो श्रीमतीको नाममा ‘नतिजा प्याकेजिङ’ सञ्चालन सञ्चालन गर्दै आएका थिए । त्यही कम्पनीका आधारमा उनले गुणस्तरहिन मह बिक्री गर्दै आएको प्रहरीले बताएको खुलेको कोईरालाले बताए ।

पक्राउ परेका श्रेष्ठले काठमाडौं उपत्यका र पोखराका होटेल तथा रेष्टुरेन्टहरूमा थोक र खुद्रा वितरण गर्दै आएको खुलेको छ । उनले कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट गुणस्तरहीन कच्चा पदार्थ ल्याएर मह बनाउँदै गरेको महाशाखाले जनाएको छ । गुणस्तरहीन मह बनाउनका लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चीनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्च पदार्थ मिसावट हुने गरेको प्रहरीले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्