नेपाली कांग्रेसले परम्पराको संरक्षण गर्न राष्ट्रियता बचाउने अभियान सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न भन्दै नेपाली कांग्रेस (वी.पि.) ले राष्ट्रियता बचाउने अभियान सञ्चालन गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले राष्ट्र र राष्ट्रियता बचाउने अभियानअन्तर्गत माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने पनि उसले जनाएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका उपसभापति पुष्पराज पराजुलीले देशमा भ्रष्टाचार बढिरहेको उल्लेख गरे । नेपाली भूभाग लिपुलेकमा नेपालको अनुमति नलिई बाटो बनाउने काम गलत हो र यसलाई रोक्नुहोस भनेर पनि नेपाल सरकारले भारत सरकारलाई भन्न नसकेको उनको भनाई छ । यसैगरी, पार्टीका वरिष्ठ उपसभापति गोबिन्दप्रसाद शर्माले नेपाली कांग्रेस वि.पि.को स्थापना र यसको उद्देश्य भनेको नै विपीले गरेको समाजवादको परिकल्पना पुरा गर्ने रहेको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्