सनराइज बैंकको खुद नाफा ७४ करोड ५५ लाख भन्दा बढि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सनराइज बैंकले ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै बैंकको पुस मसान्तसम्म वितरणयोग्य नाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ छ । बैंकको सञ्चालन नाफा २१.५९५ ले घटेर १ अर्ब ६ करोड ३४ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले १ अर्ब ३५ करोड ६३ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । यता खुद ब्याज आम्दानी ०.८०५ ले बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ०१ पैसा छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्