एनआईसी एसिया बैंकको ३८ वटा शाखा बन्द

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एनआईसी एसिया बैंकले ३८ वटा शाखा बन्द गरेको छ । कोभिडको तेस्रो लहरमा संक्रमण दर बढ्न थालेपछि बैंकले सोमबार सूचना जारी गर्दै बागमती प्रदेशका २८ वटासहित देशका विभिन्न स्थानमा ३८ वटा शाखा बन्द गरेको हो ।

बागमती प्रदेशमा बैंकका बूढानीलकण्ठ, माछापोखरी, ग्वार्को, कीर्तिपुर, न्युरोड खिचापोखरी, ठूलोभर्याङ, बसेनी, हेटौँडा, महाराजगन्ज, पेप्सीकोला, सातदोबाटो, गोदाबरी किटिनी, काँडाघारी, नारायणगढ, सिनामंगल, दरबारमार्ग, गोठादार, कौशलटार र न्यौपाने गाउँ शाखा बन्द गरिएका छन् । यस्तै बागमती प्रदेशकै गोलढुंगा, धोबीघाट, एलआरआई स्कुल एसिया कलंकी, थैव, लामाटार, चन्द्रागिरी, लुभु, इकाछु र नेपाल ल क्याम्पस विस्तारित काउन्टहरु पनि बन्द गरिएका छन्।

यता प्रदेश १ मा भने बैंकले पुष्पलाल चोक, रोडशेष चोक विराटनगर र बुधबारे शाखा तथा इटहरी उपमहानगरपालिका विस्तारित काउन्टर पनि बन्द गरेको छ। मधेश प्रदेशमा महेन्द्रनगर ९धनुषा० शाखा, कर्णालीमा जुम्ला जोड शाखा तथा लुम्बिनी प्रदेशमा डिंगरनगर तिलोत्तमा, रुन्द्रपुर, भैरहवा, देवकोटा चोक शाखा र मनिग्राम ४ नम्बर शाखा बन्द रहने बैंकले सूचनामार्फत जनाएको छ।

यी शाखाहरु बाहेक देशका विभिन्न स्थानमा रहेका अन्य शाखा तथा विस्तारित काउन्टर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलै रहनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्