रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

Ad
  • कालोपाटी सम्बाददाता

झापा । अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा टंक बारकोटीलाई हस्तान्तरण गरे  ।

जिल्लामा कोभिड–१९ को तेस्रो भेरियन्टका कारण सङ्क्रमितको सङ्ख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले अस्पताललाई भेन्टिलेटर सेट हस्तान्तरण गरिएको नरेसो जिल्लाका सभापति ढकालको भनाइ छ । उनले भेन्टिलेटर सेटलाई आवश्यक पर्ने ९० थान एक्सेसोरिज प्रदान गरिएको जानकारी दिए  । अस्पतालमा यो सहित १८ वटा भेन्टिलेटर सेट भएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्