राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा मात्र मतदान प्रक्रियामा सहभागी हुने राप्रपाको निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मात्र मतदान प्रक्रियामा सहभागी हुने राप्रपाको निर्णय गरेको छ । । मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने राप्रपाले निर्णय गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा उक्त बैठक बसेको थियो ।

बैठकले प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरू रञ्जु प्याकुरेल र अम्बर बहादुर बिष्ट उम्मेदवार रहेकाले उनीहरुको पक्षमा मतदान गर्न पार्टीका मतदाताहरुलाई निर्देशन दिएको छ । तर, अन्य प्रदेशहरूमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्