जिल्ला प्रशासन कार्यालयमा आलोपालो सेवा प्रवाह

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । जिल्ला प्रशासन कार्यालयले आजदेखि आलोपालो गरी सेवा प्रवाह गर्न लागेको छ । कोभिडको सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि आलोपालो गरी सेवा प्रवाह गर्न लागिएको हो ।

सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम कार्यालयबाट प्रदान गरिने सेवा आलोपाले गरी सेवाग्राहीलाई सेवा दिन व्यवस्था मिलाइएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए । उनका अनुसार आइतबार, मङ्गलबार, बिहीबार तीन दिन व्यास, भानु, बन्दीपुर, देवघाट आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ ।

त्यसैगरी सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी तथा भिमाद नगरपालिका र म्याग्दे, ऋषिङ तथा घिरिङ गाउँपालिकाको लागि पालो मिलाइएको बताइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्