कुष्ठरोग बाट प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार सञ्चालित खोकना आरोग्याश्रममा पुगेर संघले कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण गरेको हो । संघले जापानमा रहेको द निपुन फाउण्डेशनको आर्थिक सहयोगमा २०० थान ब्ल्याङ्क्वेट र २०० थान ज्याकेट वितरण गरेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले बताए । त्यसका साथसाथै संघले सेनिटाइजर, साबुन, मास्क पनि सहयोग गरेको उनले जनाकारी दिए ।

आरोग्याश्रममा रहनुभएका कुष्ठरोग प्रभावितहरुले जाडोमा न्यानोको लागि ब्ल्याङ्क्वेट र ज्याकेट पाएपछि खुशी व्यक्त गरेका छन् । सहयोग प्राप्त गरेपछि कुष्ठरोग प्रभावितहरुको तर्फबाट बोल्दै उमा प्रसाद तिवारीले जापानबाट बेलाबेलामा सहयोग आइरहने भन्दै खुशी व्यक्त गरे । उनले सहयोगका लागि नेपाल पर्वतारोहण संघलाई धन्यवाद दिए । सहयोगले कुष्ठरोग प्रभावितहरुको जनजिवन सहज हुने उनले बताए ।

नेपाल पर्वतारोहण संघले विभिन्न समयमा सामाजिक सेवाको काम गर्दै आएको छ । आगामी दिनमा पनि मानविय सेवाको कामलाई निरन्तरता दिने संघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्