‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघीय सरकारले बनाउने’ : मन्त्री गहतराज

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघीय सरकारले बनाउने बताएका छन् ।

बिहीबार चितवनमा रंगशालाका बिषयमा भरतपुर महानगरपालिकाले गरेको छलफल कार्यक्रममा उहाले लगानीको स्रोत पहिचान गरेर निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री गहतराजले कुन मोडलमा बनाउने भन्नेबारे छिट्टै टुंग्याउने पनि जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरपालिकाले थुप्रै सहयोग गर्दागर्दै पनि धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गर्न नसक्ने भनेकाले दायित्व लिन महानगर रहेको बताए । १७ करोड ऋण लागेको भन्दै फाउन्डेसनले गत ४ महिनायता रंगशाला निर्माणका कुनै पनि काम अघि बढाएको छैन । मन्त्री गहतराजले बिहीबार नै रंगशालाको अवस्थाको स्थलगत अनुगमन पनि गरका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्