सवारी साधनमा जोरबिजोर प्रणाली भएपनि संक्रमणमा कमि भएन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले काठमाडौ उपत्यकामा गुड्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको एक साता भएको छ ।

जोर बिजोर लागू भएपछि कोरोना संक्रमण कम हुन सकेको छैन । जोरबिजोर प्रणालीका कारण कम मात्रामा सार्वजनिक यातायात सञ्चालन हुँदा भीड बढेको गुनासो सर्वसाधारणबाट आउन थालेको छ । जोर बिजोर प्रणाली वैज्ञानिक नभएको भन्दै यातायात व्यवसायीले बिरोध जनाइरहेका छन् । यता जोरबिजोर प्रणाली उलंघन गर्ने सर्यौ सवारी साधानलाई ट्राफिक प्रहरीले कारवाही गर्दै आएको छ । जोरबिजोरका बिषयमा गुनासो आउन थालेपछि उपत्यकाका प्रशासन कार्यालयले यसलाई पुनरावलोकन गर्ने जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्