नेपाली राष्ट्रिय टोलीले मौरिसससँग खेल्न पहिलो अन्तर्राष्ट्रिय खेल शनिबार हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीले पश्चिम अफ्रिकी देश मौरिसससँग दशरथ रंगशालामा खेल्ने तय भएको दुईमध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार हुँदैछ । खेल अघि दुवै टीमले जीतको लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।

मैत्रीपूर्ण खेल अघि शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्री म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरन चेम्जोङले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा छुट्टै अनुभव हुने बताए । उनले मैत्रीपूर्ण खेल भएपनि सकारात्मक नजिताको अपेक्षा रहेको बताउनुभयो । चेम्जोङले नेपाली टोली खेलका लागि तयार रहेको समेत बताउनुभयो । सबै खेलाडीहरु लिग खेलेर राष्ट्रिय टिममा आउनु भन्दै उहाले सवै फिट देखिएरहेको बताए ।

नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो खेलका लागि नेपालले सबै तयारी पुरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तिलाई सुधारेर प्रदर्शन गर्ने बताउनुभयो । त्यस्तै मरिसस फुटबल टोलीका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको बताउनुभयो । मरिससले पछिल्ला साढे दुई बर्षदेखि खासै खेलहरु खेल्न पाएको नपाएपनि अहिलेको खेलका लागि ४५ दिनको अभ्यास गरेका जानकारी दिए ।

कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शकसहित अन्तर्राष्ट्रिय फुटबलको आयोजनाका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तयारी पूरा गरेको छ । करिव १५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा बढीमा ५ हजार दर्शकले प्रवेश पाउनेछन् । प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणमा रहेका ३४ जना खेलाडीलाई नै समेटेर राष्ट्रिय टोली निर्माण गरेका छन् । दुई खेलका लागि फरक फरक टोली बनाएर प्रशिक्षक अल्मुताइरीले नयाँ प्रयोग गरेका छन् । मौरिससको फिफा वरीयता १७२ र नेपालको १६९ छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्