रात्रीकालिन व्यवसाय एक हप्ताभित्र सञ्चालन गर्न नदिए लाखौं व्यवसायी सडकमा उत्रने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रात्रीकालिन व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवासायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा रात्रिकालिन मनोरन्जन व्यवसायी संघको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन वाध्य हुने चेतावनी दिए । जिम्मेवार निकायमा पुग्दा आफूहरुले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएको खड्काले बताए । उनले अन्य पेशा व्यवसायलाई जस्तै रात्रिकालिन व्यवसाय पनि स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चानल गर्न पाउनुपर्ने माग राखे ।

त्यस्तै, दोहोरी व्यवसायी संघको अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकिालिन व्यवसाय बन्द हुँदा कामदारहरु बेरोजगार हुनुपरेको बताउनुभयो । सरकारले विना अध्ययन नै यो व्यवसायलाई बन्द गराउँदा संचालक मात्र नभएर त्यहाँ कार्यरत श्रमिकहरुको समेत बिजोग भएको उनले बताए ।

 

यसैगरी, कार्यक्रममा बोल्दै व्यवसायी केशर बहादुर बुढाथोकीले अन्य पेशा व्यवसाय भन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रिकालिन व्यवसाय भएको गुनासो गरे ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्