गंगालाल अस्पतालका ल्याब इन्चार्जलाई नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा बर्खास्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज विनोद कुमार यादवलाई नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा बर्खास्त गरिएको छ । छानबिन समितिको सिफारिसका आधारमा उनलाई बर्खास्त गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले जानकारी दिए ।

ल्याब इन्चार्ज यादवले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र प्राइभेट ल्याबको नाममा समेत कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने गरेको छानबिनबाट थाहा भएको छ । ल्याब इन्चार्जको ‘नक्कली हर्कत’बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले यसबारे छानबिन गर्न गंगालाल हृदय केन्द्रलाई निर्देशन दिएको थियो ।

उजुरीमाथि विस्तृत अनुसन्धान गरिरहेका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत रहे पनि यादवले त्रिवि शिक्षण अस्पतालको लेटरप्याड र ल्याब टेक्निसियनको हस्ताक्षर किर्ते गर्ने गरेको छानबिनबाट थाहा भएको आयोगका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षक अभिनारायण काफ्ले र इन्स्पेक्टर शैलेन्द्र पाण्डेले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्