अनेरास्ववियुका कार्यकर्ताहरुले मन्त्रीको बाटो छेकेर देखाए कालो झण्डा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की भएको गाडीको बाटो छेकेर कालो झण्डा देखाएका छन् । मन्त्री कार्की मन्त्री निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला नेरास्ववियुका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।

केन्द्रीय कमिटीको योजना अनुसार नै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीलाई कालो झण्डा देखाएको नेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले बताइन् । । ‘स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको छ, त्यसैले केन्द्रीय कमिटीको योजना अनुसार नै कालो झण्डा देखाएका हौं,’ उनले भनिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्